Nepal International Theatre Festival (NITFest) is committed to providing an accessible and inclusive environment for all our patrons, including those with disabilities. We strongly believe that theatre is for everyone, and we invite people with disabilities to come and enjoy the festival.
We recommend and request you to fill out this form prior to your visit call our access volunteers at +977 9740130540 or +9779818671939, so that we will be able to serve you better.
You can stay up to date with all accessible performance announcements by visiting our website or make an inquiry by contacting awareness@nitfest.org
यहाँको भ्रमण सजिलो र जानकारी मुलक होस् भनेर हामी मण्डला थिएटरको बारेमा यो जानकारी पुस्तिका बनाएका छौँ ।
To make your visit informative, easy and enjoyable to the festival which is happening at Mandala Theatre, we have prepared the following Visitor Information and Access Guide. This guides provides information to the festival venues, its facilities, how to get here and about accessibility.
"रैथाने ज्ञानको उज्यालो” को मुख्य नारा सहित यही चैत ६ देखि १२ गते सम्म (March 19-25) सम्म नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको तेस्रो संस्करण मण्डला नाटक घर, थापा गाउँ, नयाँ बानेश्वर संचालान हुन गइरहेको छ। यस महोत्सवको आयोजक मण्डला थिएटर रहेको छ ।
यस महोत्सवमा १३ वटा देशका १७ वटा नाटकहरू प्रदर्शन हुनेछ। हामीले यस नाटक महोत्सबलाई अपाङ्गता भएका दर्शकहरूका लागी पनि पहुँचयुक्त हुने किसिमले सञ्चालन गर्न प्रयास गरेका छौँ ।
अपाङ्गता भएका दर्शकहरूका लाई नाटक महोत्सवमा सहभागी हुन सहज होस् भन्नका लागी हामीले यो जानकारी तयार गरेका छौं। नाटक महोत्सवको समयमा अपाङ्गता भएका व्यक्तिहरूको लागी निम्न व्यवस्था गरिएको छ।
टिकट मूल्यमा छुट
नाटक महोत्सव भर प्रदर्शन गरिने सबै नाटकहरूका टिकटमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । यस्ता टिकटहरू प्राप्त गर्न अपाङ्गता परिचय पत्र देखाउनु पर्ने छ भने यी टिकट अन्य व्यक्तिले प्रयोग गर्न मिल्ने छैन।
टिकट अग्रिम सुरक्षित गर्न वा अग्रिम पहुँचको सहयोगको लागि तपाईँले यो फारम भर्नुहुन अनुरोध गरिन्छ ।
नाटक घरको पहुँचयुक्तयताको जानकारी:
महोत्सवका सबै नाटकहरू मण्डला थिएटरको प्राङ्गणमा रहेका दुई वटा हलहरू मुख्य हल र मण्डला स्टुडियोमा प्रदर्शन हुनेछन् । यी दुवै हलहरू ह्विलचियरको लागि पहुँचयुक्त रहेका छन् । यसका साथै मण्डला नाटक घरमा अपाङ्गता मैत्री शौचालय पनि रहेको जानकारी गराउन चाहन्छौँ ।
साङ्केतिक भाषाको प्रयोग
महोत्सवका केही नाटकहरू तथा केही अन्य कार्यक्रमहरूमा साङ्केतिक भाषाको प्रयोग गरिनेछ। साङ्केतिक भाषाका प्रयोगले बहिरा व्यक्तिहरूलाई नाटक हेर्न सहज हुनेछ भन्ने विश्वास लिएका छौं। साङ्केतिक भाषाको प्रयोग हुने कार्यक्रमको विवरण यस प्रकार छ:
महोत्सवका केही नाटकहरू Audio Description को समेत प्रयोग गरिनेछ। यसले गर्दा दृष्टिबिहिन व्यक्तिहरूलाई नाटक हेर्न सहज हुनेछ भन्ने विश्वास लिएका छौं। यस वर्षको महोत्सबमा स्कटल्याण्डको बर्ड्स अफ प्याराडाईस नाटक समुह ले तयार गरेको एउटा नाटक न्यू नर्मल मा सांकेतिक भाषा तथा अडियो डिस्क्रिपसन समावेश छ । यो नाटक अपाङगता भएका व्यक्तिहरू द्वारा नै तयार र अभिनित छ ।
पहुँचयुक्त वेबसाइट
नाटक महोत्सवको वेबसाइट www.nitfest.org लाई अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त बनाउने प्रयास गरिएको छ ।
--
यी नाटकहरूमा विशेषरूपमा प्राविधिक पहुँचयुक्तता व्यवस्था गरिएको भए तापनि, विशेष पहुँच नचाहिने अपाङ्गता भएका व्यक्तिहरूले यी सहित अन्य सबै नाटक र कार्यक्रमहरू हेर्न सक्नुहुनेछ ।
नाटक महोत्सवको सम्पूर्ण कार्यक्रम तालिका यहाँ उपलब्ध छ: https://nitfest.org/schedule
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवका आयोजकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आफूलाई सहज सबै नाटक हेर्न तथा कार्यक्रमहरूमा सहभागी हुन अनुरोध गर्दछ। यसले गर्दा आयोजकको आत्मविश्वास बढ्ने छ र आगामी कार्यक्रमहरू अझ बढी अपाङ्गता मैत्री बनाउन हामीलाई ऊर्जा मिल्ने छ।
यस सूचनालाई धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरू समक्ष पुर्याईदिनको लागी सेयर गरिदिनुहुन अनुरोध समेत गर्दछौं।
अपाङ्गता पहुँचका सम्बन्धमा कुनै प्रश्न भए वा सहायता चाहिए हाम्रो पहुँचका स्वयंसेवकहरूलाई +977 9740130540 or +9779818671939 मा फोन वा awareness@nitfest.org मा सम्पर्क गर्नुहोला।
महोत्सवमा सहभागी हुन चाहने अपाङ्गता भएका साथीहरूले अग्रिम रूपमा यो फारम भर्नु भयो भने, महोत्सवका आयोजक तथा स्वयंसेवकहरूले तपाईँहरूलाई अझ राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ ।