‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो ।
औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्गमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको स्वीकारे । उनले भने, “सरकारले नाटक र रङ्मञ्चको लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्ने जति बजेको व्यवस्था पनि गर्न सकेको छैन, रङ्गमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहलहरु आगामी दिनमा गर्ने प्रयत्न रहन्छ ।”
त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले रङ्गमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताए । उनले भने, “रङ्गमञ्चको विविध आयाम आइसक्यो, हामीले उहिले गर्ने र अहिलेको समकालिन रङ्गमञ्चको शैली, विधिहरु भिन्न भइसके । यसले समाज र मानिसको मनलाई प्रभाव पारिरहेको छ । यसमा लागिपर्ने सबै कलाकर्मी, रङ्गकर्मी यसका धन्यवादका पात्र हुनुहुन्छ ।”
समापन मन्तव्य दिँदै महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ उर्जा दियो होला भन्ने अपेक्षा गरेको बताए । उनले भने, “समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आम रुपमा पुर्याउन नेपाली रंगमञ्च प्रतिवद्ध छ । हाम्रो यो प्रतिवद्धतामा राज्य स्तरबाट पनि उत्तिकै प्रतिवद्धता र पहलहरु आओस् भन्ने हामी चाहन्छौं । किनकी रंगमञ्च, कला, साहित्य विना समाज विकासित त हुन सक्लान् तर समृद्ध हुन पक्कै सक्दैन ।”
त्यस्तै समापन समारोहलाई सञ्चालन गर्ने क्रममा 'नाटक र रङ्गमञ्चले चर्चित र धनीभन्दा पनि जीवित र असल मान्छे बनाउँछ’ भन्ने ब्रोडवे थिएटरका रङ्गकर्मी टेरेन्स मनको भनाई उदृत गर्दै रङ्गकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रङ्गमञ्चको संरक्षण, विकास र समृद्धितिर लाग्न आह्वान गरेका थिए । समारोहमा माहेत्सवका सम्पूर्ण सदस्यहरु, सहयोगी, प्रयोजकहरुलाई सम्मान गरिएको थियो ।
समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर भएको थियो । लोककथामा आधारित प्रनिश मगर लिखित, विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो । यो नाटक पुस १७ सम्म नियमित मण्चन हुँदैछ ।
समापनको दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन पनि भएको थियो । जसमा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गरेका थिए ।
सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्त रुपमा आयोजना गरेको यस महोत्सवको दोस्रो संस्करणको् आयोजना मण्डला थिएटरले गरेको हो । तेस्रो संस्करण दुई वर्षपछि हुनेछ ।
प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ज्यू
अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा ज्यू
अतिथि बूढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा ज्यू,
देश विदेशबाट महोत्सवमा सहभागी हुनुभएका रंगकर्मीहरु
सञ्चारकर्मी मित्रहरु
उपस्थित सम्पूर्ण थिएटर प्रेमी महानुभावहरू
नमस्कार तथा न्यानो अभिवादन,
हामीले ९ दिनदेखि निरन्तर रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको यो दोस्रो संस्करणलाई भव्यताका साथ मनायौँ । सामाजिक रुपान्तरणको लागि रंगमञ्चः विविधताको उत्सव भन्ने नाराका साथ १३ देशका १८ नाटकको २५ भन्दा बढी मञ्चन गर्यौं । विविध सन्दर्भ र विषयमा अन्तरक्रिया कार्यक्रम गर्यौं । रंगमञ्चीय विविध विधा र विधिमा कार्यशालाहरुको आयोजना गर्यौँ । यसपल्ट हामीले सुप्रशिद्ध भारतीय अभिनेत्री शबाना आजमीलाई स्वागत गर्दै मास्टर क्लास लिन पायौं । उहाँको सिनेमा र थिएटरका अनुभवलाई नजिकैबाट सुन्न पायौँ ।
सरकारी र गैरसरकारी संयन्त्रलाई महोत्सवको मञ्चमा सँगै राखेर हामीले गरिरहेको कामलाई नजिकैबाट देखाउ पायौं । अनि आगामी दिनमा नयाँ सहकार्यको सम्भावना खोज्ने काम पनि गर्न पायौँ । यसले पक्कै कोभिड १९ को लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नयाँ उर्जा दियो होला भन्ने अपेक्षा गरेको छु ।
यो नाट्य महोत्सवले खासमा के दियो वा यसले के गर्यो भन्ने कुराको छलफल र समीक्षा आगामी दिनमा पनि गर्दै गरौँला । यसका सफलतालाई ग्रहण गर्दै र कमीकमजोरीलाई आगामी दिनमा सुधार्दै जाने नै छौं । यो ९ दिवसीय महोत्सवलाई आयोजना गर्न विगत तीन वर्षदेखि तयारी गर्दै यी ९ दिनमा हामीले जसरी एउटै उद्धेश्यमा सामेल भएर महोत्सवलाई सफल पार्न लागिपर्यौँ । आफ्नो फरक फरक जिम्मेवारीलाई निभाउँदै यसका हरेक पक्षलाई चुस्त राख्यौँ, हामीलाई विश्वास छ यस्तै खाले सहकार्य र सामूहिकताले नेपालको रंगमञ्चलाई समृद्ध बनाउँदै लानेछ । यस्तै गरि हामीले प्रतिनिधित्व गर्ने विविध क्षेत्र, सीप, क्षमता अनि सम्भावनाहरूलाई चुस्त र दुरुस्त बनाउँदै लानुपर्छ ।
महोत्सवका नाटक, छलफल अनि मास्टरक्लासले सिकाएका वा उठाएका कुराहरूलाई यहाँ मात्र नछोडी नेपाली रंगमञ्च र नेपाली समाजमा अगाडि बढाउनुपर्नेछ । मलाई आशा छ यहाँ उपस्थित हामी सबै त्यसको लागि पनि तयार छौँ ।
रंगमञ्च आफैमा सम्पूर्ण कलाहरुको संगम स्थल हो । रंगमञ्चलाई जीवनतर्फ फर्काउनका लागि र जीवनलाई रंगमञ्चतर्फ डोराउनका लागि यस्ता महोत्सवहरुको भूमिका र महत्व अवश्य रहन्छ । समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आम रुपमा पुर्याउन नेपाली रंगमञ्च प्रतिवद्ध छ । हाम्रो यो प्रतिवद्धतामा राज्य स्तरबाट पनि उत्तिकै प्रतिवद्धता र पहलहरु आओस् भन्ने हामी चाहन्छौं । किनकी रंगमञ्च, कला, साहित्य विना समाज विकासित त हुन सक्लान् तर समृद्ध हुन पक्कै सक्दैन ।
हामी मण्डला थिएटर नयाँ ठाउँमा सरेको भर्खर १ वर्ष पुग्दैछ। यो क्रममा यहाँहरूले दिनुभएको विश्वासप्रति आभार व्यक्त गर्दछु ।
अन्तिममा महोत्सवलाई यसरी सफल पार्न लागिपर्ने आयोजक टिमका सम्पूर्ण साथीहरू, स्वयंसेवकहरु, प्रायोजकहरु, सहयोगीहरु, सहभागी नाटक समूहहरु, अतिथिहरु, वक्ता र सहजकर्ताहरु, कार्यशाला संयोजक तथा प्रशिक्षकहरु, सञ्चारमाध्यम र सञ्चारकर्मी मित्रहरु, महोत्सवसम्म आफ्ना पाइतालालाई डोर्याउने रंगप्रेमी, कलाप्रेमीहरु महानुभावहरु सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । रंगमञ्चलाई यहाँहरुले दिनुभएको साथप्रति आभार व्यक्त गर्दछु ।
अहिले यस नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब २०२२ लाई समापन गर्दैछौं । यो समापन अन्त्य होइन, केही समयका लागि बिसौनी मात्र हो । नियमित रुपमा नेपाली रंगमञ्चमा, नाटकघरमा हाम्रो भेट हुने नै छ । फेरि पनि नेपाल अन्तर्राष्टिय नाट्य महोत्सवको तेस्रो संस्करणमा यहाँहरुलाई स्वागत गर्न दुई वर्षपछि आउने नै छौं । धन्यवाद, नमस्कार, शुभरात्री ।
२०७९ मंसिर १७ / Dec. 03, 2022
सिर्जना सुब्बा
महोत्सव निर्देशक, निटफेस्ट २०२२
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सकिदैंछ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो ।
समापनको दिन दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन हुँदैछ । सो कार्यक्रममा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गर्नेछन् ।
त्यस्तै समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन हुँदैछ । मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको लोक कथामा आधारित यो नाटक प्रनिश मगरले लेखेका हुन् । विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
औपचारिक समापन कार्यक्रम भने साँझ ६ बजे हुँदैछ । जसमा नेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा तथा विभिन्न देशका निर्देशक, कलाकारहरुको आथित्यता रहनेछ ।
आठौं दिन शुक्रबार के के भए ?
नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ र अर्जेन्टिनाको नाटक ‘नोम्याड’ मञ्चन भएको थियो ।
शुक्रबार राजेश सिंह निर्देशित भारतको ‘ब्ल्याकबोर्ड ल्याण्ड’ युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको कथा बुनेको थियो । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँदै शारीरिक हिंसामा उत्रन्छन् ।
त्यस्तै सांगितिक तथा शारिरीक शैलीको कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गरेको थियो ।
शुक्रबार ‘किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?’ शीर्षकमा प्यानल डिसकसन भएको थियो । लेखक, समीक्षक ध्रुवसत्य, रङ्गकर्मीहरु नम्रता केसी र केदार श्रेष्ठका साथ सुरज सुवेदीले अन्तरक्रिया गरेका थिए । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया भएको थियो ।
साथै नेपाल र भारतको कलाकारहरु मिलेर ‘टुगेदर एण्ड अलोन’ शीर्षकमा चौतारी नाटक ‘प्लेब्याक थिएटर’ भएको थियो । जसमा गुञ्जन दिक्षित, लक्ष्मी प्रिया लगायत कलाकारले प्रस्तुति दिएका थिए ।
त्यस्तै शुक्रबारै साँगितिक कविता वाचनमा युवा कविहरु रसिक राज, देव ब्रत, भूमिका थारु, अनुप न्यौपाने, हिरादेवी वाइवा र सारस चरीले कविता सुनाएका थिए ।
तस्वीरहरुः रिजन परियार/निटफेस्ट
#nitfest #nitfest2022 #theatrefestival #celebratingdiversity
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ । नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ ।
शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् । ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ । यो सांगितिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ ।
किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?
शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ ।
चौतारी नाटक र साङ्गितिक कविता
शुक्रबार नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ । यसमा दर्शकहरुले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन् । दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरुले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन् ।
त्यस्तै साँघm ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ । शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ ।
बिहिबार र के के भए ?
सातौं दिन बिहिबार मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भनेको थियो । कम्बोडियाको कचहरी नाटक र त्यसको कार्यशाला पनि भएको थियो ।
त्यस्तै साँझ भएको ‘थिएटर शिक्षाः अवसर र चुनौती’ प्यानल डिसकसनकमा प्रा.डा. अभि सुवेदी, डा. शिव रिजाल, त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका प्रमुख कुसुम शाक्य, पाठ्यक्रम विकासका खिलानाथ धमलाका साथ शिशिर उप्रतीले अन्तरक्रिया गरेको थियो ।
त्यस्तै मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । महोत्सव शनिबार समापन हुँदैछ ।
तस्वीरहरुः रिजन परियार/निटफेस्ट
#nitfest #nitfest2022 #theatrefestival #celebratingdiversity
इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ । बिहिबार मञ्चन हुने इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।
उत्तरआधुनिक परिव्शमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।
अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
त्यस्तौ सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ ।
बिहिबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चान हुँदैछ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिदैछ ।
बुधबार के के भए ?
छैटौं दिन बुधबार भारतको इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएको थियो । पहिलो नाटक छायाँ र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगितिक शैलीमा प्रस्तुत भएको थियो ।
त्यस्तै महोत्सवमा नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन भएको थियो भने ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन सम्पन्न भयो । हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुतिका साथ छैटौं दिनको कार्यक्रम समापन गरिएको थियो ।
तस्वीरहरुः रिजन परियार/निटफेस्ट
भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ ।
इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरुको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयास समेत गर्दछ ।
‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ ।
‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथाहरु सुनाउनछन् । जब सबै पात्रहरुले आफ्नो नियतीको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीन मध्य श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।
त्यस्तै महोत्सवमा बुधबार मध्यन्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो । विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन हुनेछ । जसमा साहित्यकारहरु नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मीहरु विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरु हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुति दिनेछन् ।
मंगलबार के के भए ?
निटफेस्टमा मंगलबार अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’ प्रस्तुत भएको थियो । त्यस्तै उरुग्वेको नाटक ‘रियो’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को मञ्चन भएको थियो । साथै साँझमा नृत्य प्रस्तुति ‘पाइतालाका यात्रा’ प्रस्तुत भएको थियो ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन तथा, अन्तरक्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ ।
तस्वीरहरुः रिजन परियार, प्रयास वान्तवा /निटफेस्ट
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मध्यतिर आइपुगेको छ । ९ दिनसम्म आयोजना हुने महोत्सव आज मंगलबार पाँचौ दिनमा आइपुगेको छ । पाँचौ दिन दुई नाटकको अलवा नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदैछ ।
निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा हुनेछ । ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ । दर्शक/श्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन् ।
त्यस्तै मंगलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदैछ । यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा भन्छ । जब दुईजना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरुको यात्राले मानवीयताका धेरै पत्रहरु खुलाउदै जान्छ ।
चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदैछ । केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरुसँगै आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरु याद गर्ने प्रयास गराउनेछ ।
पाँचौ दिनको अन्तिम प्रस्तुति स्वरुप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदैछ । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन् । यस प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्षहरूद पछ्याइएको छ ।
‘पाइतालाका यात्रा’मा मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलको प्रस्तुति रहनेछ ।
सोमबार के के भए ?
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन भएको थियो । साँझ भएको कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।
सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ पनि मञ्चन भएको थियो भने ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला सम्पन्न भएको थियो ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।
तस्वीरहरुः रिजन परियार/निटफेस्ट
Kedar Shrestha
Festival Member & Media Coordinator (+977-9841595956)
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ । चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ । साँझ ७:३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।
दुई नेपाली नाटक
सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ ।
‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बारे बताउँछ । नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ ।
त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रंगमन्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु आउन थाल्नेछन् । यी प्रश्नहरुसँगै दर्शकहरुले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरणहरु याद गर्ने प्रयास यस नाटकले गराउनेछ ।
विशेष कार्यशाला
सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ । ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो । रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ ।
त्यस्तै ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ ।
आइतबार के के भए ?
आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको थियो । क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।
त्यस्तै कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।
आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।
तस्वीरहरुः रिजन परियार/निटफेस्ट
#nitfest #nitfest2022 #theatrefestival #celebratingdiversity
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ ।
क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।
कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।
आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।
चौथो दिन सोमबार के के हुँदैछ ?
सोमबार माहेत्सवमा दुई नेपाली प्रस्तुति मञ्चन, कार्यशाला तथा प्यानल डिसकसनको कार्यक्रम रहेको छ । केही महिनाअघि मञ्चन भएका बहुचर्चित नेपाली नाटक ‘खुवालुङ’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुने समय तालिका रहेको छ । त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ ।
दिउँसो २ बजे मण्डला स्टुडियोमा ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला हुनेछ । चौथो दिनको अन्तिम कार्यक्रम साँझ ७:३० बजे ‘काठमाडौंबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुनेछ ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।
तस्वीरहरुः रिजन परियार/निटफेस्ट
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ ।
भुटान र अमेरिकाके संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यो प्रयोगात्मक र एकल नाटक हो ।
यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।
त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मण्डन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् ।
नाटक सामाजिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्द । आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंगलाई नाटकमा छ ।
आइतबारै साँझ ७ः३० बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ ।
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलवा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।
शनिबार के के भयो ?
शनिबार पनि दुई नाटकको चार मञ्चन भएको थियो । भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ मञ्चन भएको थियो । त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको सुप्रशिद्ध अभिनेत्री शबना आजमीको मास्टरक्लस पनि सम्पन्न भएको छ ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।
केहि तस्बिरहरूः