दोस्रो दिनः मंसिर १० : के के हुँदैछ ?

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चन र सुपशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ । 

शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ । अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन् । 

त्यस्तै अर्को नाटक स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो २ र ४ बजे मञ्चन हुँदैछ । नन भर्वल यस नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुन् ।  

त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको अभिनेत्री शबना आजमीको मास्टरक्लस साँझ ७ः३० बजे हुँदैछ । अभिनयका शिल्प र शैली, संघर्ष र सफलतालगायतका सन्दर्भमा हुने मास्टरक्लसलाई कवि विप्लव प्रतीकले सहजस्करण गर्दैछन् । 

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ मण्डला थिएटर थापागाउँ काठमाडौंमा भइरहेको महोत्सव आगामी मंसिर १७ सम्म चल्नेछ । महोत्सवको शुक्रबार 

भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका हुन् ।  

पहिलो दिन शुक्रबार नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ मञ्चन भएको छ । त्यस्तै पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगितिक कार्यक्रम पनि भएको थियो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । 

दोस्रो दिन मंसिर १० गते शनिबारको कार्यक्रमः 

दिउँसो १२ र ४ बजेः देस्देमोना रुपकम (नाटक, भारत)

दिउँसो २ र ६ बजेः मिस्टर एण्ड मिसेस क्राफ्ट (नाटक, स्पेन÷इटाली)साँझ ७ः३० बजेः सुप्रशिद्ध अभिनेत्री शबाना आजमीसँगको मास्टर क्लास ।

Organized by
Strategic Partners
Accessibilty Partner
Supported by
Kathmandu Metropolitan City
Nepal Tourism Board
German Development Coorporation
German Development Coorporation
Civil Peace Project
Venue Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/Pathshala-Foundation-Logo.png
Video Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/fotocrystal.jpg
Hospitality Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/lmGG4-logo.png
Hydration Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/Hydration-Partner.jpeg
Energy Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/hydration.jpg
Sign Language Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/nasli.jpg
Copyright © 2024 All Rights ReservedPrivacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down