महोत्सव घोषणाको प्रेस वक्तव्य

मण्डला थिएटर नेपालको आयोजनामा आगामी मंसीर ९ देखि १७ गतेसम्म काठमाडौंमा दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदैछ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च ः विविधताको उत्सव’ शीर्षकसहित आयोजना हुने नौ दिवसीय महोत्सवमा नेपाललगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । साथै, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्नेछन् ।

महोत्सवमा देशभरीबाट छानिएका ५ नेपाली र १८ विदेशी नाटक गरी जम्मा २३ नाटक मञ्चन गरिनेछ । मञ्चन गरिने ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना–२०२२ बाट छानिएको उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिनेछ । महोत्सवमा नेपाली नाटकले आधुनिक रंगमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछन् भने विदेशी नाटकले पनि त्यहाँका समसामयिक सामाजिक—राजनीतिक विषय लिएर आउनेछन् । महोत्सवमा नाटक र कार्यक्रमसहित सहभागिताका लागि २२ देशका कूल ८५ वटा नाटक समूहले आवेदन दिएका थिए, जसमध्ये नेपालसहित १६ देशका २३ वटा नाटक प्रदर्शनका लागि छानिएका हुन् ।

नाटक मञ्चनका अलावा महोत्सव अवधिभर कार्यशाला, तालिम, फोटो प्रदर्शनी, साँस्कृतिक झाँकि, अन्तत्र्रिmया, छलफल तथा शहर भ्रमणजस्ता कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सव अन्तर्गतका कार्यक्रम गर्दा यथासम्भव वातावरणमैत्री, पारदर्शी र सामाजिक न्यायसंगत हिसाबले संयोजन गरिनेछ । एक करोड पचास लाख नेरुको बजेटमा सम्पन्न गरिने यस महोत्सवलाई मण्डलाको शान्तिविकास साझेदार संस्था, नागरिक शान्ति सेवाले ४० प्रतिशत रकम कार्यक्रम अनुदानको रुपमा उपलब्ध गराउँदैछ भने बाँकि ६० प्रतिशत रकम मण्डलाले आन्तरिक श्रोत परिचालन गरी तथा अन्य अनुदान र व्यवसायिक प्रवद्र्धकहरु खोजी जुटाउने लक्ष्य राखेको छ ।

मण्डला थिएटर नेपाल प्रतिवद्ध युवा रंगकर्मीहरुको समुह हो । सन् २००९ मा स्थापना भएयता यस समूहले नियमित नाट्य मञ्चन, प्रशिक्षण, भ्रमण, सेमिनार, महोत्सवजस्ता विविध नाट्य गतिविधिहरु आयोजना गर्दै आइरहेको छ । मण्डलाले यस अघि देशैभरीका नाट्य समूहहरुसँगको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुद्घाटित महोत्सवमा नौ देशका कलाकार सहभागी थिए । काठमाडौंका पाँचवटा नाटकघर एवं बिराटनगर, जनकपुर र पोखरामा सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवले नेपाली कला क्षेत्रमा सकारात्मक तरंग ल्याएको थियो भने नेपाली समाज र मिडियामा समेत यसको व्यापक प्रशंसा गरिएको थियो (कला पृष्ठमा सीमित नेपाली नाटकलाई पहिलोपटक विचार पृष्ठ र सम्पादकीयसम्म ल्याइपु¥याउन महोत्सवमा भएका छलफलहरुले सहयोग गरेका थिए ।) महोत्सवको दोश्रो संस्करण सन् २०२१ मा गर्ने भनिए पनि कोरोना महामारीका कारण सकिएको थिएन ।

महामारीपछि थप उर्जासहित आउन मण्डलाले बृहत नाट्यभूमिको अवधारणा बनाएर नयाँ नाटकघर सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर, थापागाउँमा अवस्थित ३० आना जमिनमा सञ्चालित नयाँ मण्डलाको समुद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यूबाट २०७८ फागुन १९ गते बिहिबार भएको थियो । उद्घाटनपश्चात नयाँ मण्डलामा मञ्चन भएका नाटकहरु रोगन, मीतज्यू, राइड अक्रस लेक कन्सट्यान्स, तीन ट्रान्जिट, पल्पसा क्याफे, चोरको स्वर, खुवालुङ तथा चौबिसमा बारले हजारौं दर्शकहरुको मन जितिसकेका छन् । महामारीलाई जितेर आएको यो समयमा नाटक महोत्सवले फेरि नेपाली कला र समाजलाई विविधताबारे सकरात्मक सन्देश दिने र कठीन परिस्थितिमा सँगै अघि बढ्न उर्जा दिने कुरामा हामी विश्वस्त छौं ।


महोत्सवको सफलताका लागि रचनात्मक सुझाव दिनुहुन र आआप्mनो क्षेत्रबाट सहयोग गरिदिनहुन यसै विज्ञप्तीमार्फत हार्दिक आग्रह गर्दछौं । महोत्सव सम्बन्धी विस्तृत जानकारी www.nitfest.org बाट प्राप्त गर्न सकिनेछ भने थप जानकारी आवश्यक भएमा महोत्सवकी संयोजिका विजया कार्कीलाई ९८५१२७१९०९ वा festivalcell@nitfest.org मार्फत सम्पर्क गर्न सकिनेछ ।

सृजना सुब्बा
महोत्सव निर्देशक

मितिः घटस्थापना, २०७९ आश्विन १० गते

Organized by
Mandala Theatre Nepal
Strategic Partners
Gowin Production
Encore Media
Diverse Patterns
Accessibilty Partner
British Council Nepal
Supported by
Kathmandu Metropolitan City
Nepal Tourism Board
German Development Coorporation
German Development Coorporation
Civil Peace Project
Venue Partner
Pathshala Foundation
Video Partner
Foto Crystal
Hospitality Partner
Hotel Le Himalaya
Hydration Partner
Jalapa Fresh Drinking Water
Energy Partner
Hunk Energy Drink
Sign Language Partner
Nepal Association of Sign Language Interpreters
Copyright © 2025 All Rights ReservedPrivacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down