नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ ।  शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको समुदघाटन भएको हो ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । 

समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, जिआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना दिनुभयो । 

समुदघाटनका क्रममा मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवद्र्धन र विकासका लागि नाट्य महोत्सवको उल्लेखनीय भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कला संस्कृतिको आदानप्रदानको रुपमा महोत्सवहरु जरुरी छ, नेपाल सरकार तथा संस्कृति मन्त्रालय यस्ता कार्यलाई सघाउन र प्रोत्साहन गर्न तयार छ ।”

त्यस्तै मेयर बालेन्द्र शाहले एउटा नगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु प्नि उत्तिकै हुनुपर्ने महसुस गरेको बताउनुभयो । “काठमाडौं महानगरपालिकाले आगामी दिनमा वार्षिक वजेटमै नाट्य तथा चलचित्र महोत्सवहरु उल्लेख गर्ने प्रयत्न गर्नेछु । त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरुप हुनेछ भन्ने लाग्छ ।”

भारतबाट महोत्सवका लागि आउनुभएका अभिनेत्री शबाना आजमीले नेपालमा आफू नाटकको महोत्सवमा सहभागी हुन पाउनु खुशीको कुरा रहेको बताउँदै भन्नभयो, ‘नेपालमा कलाकारहरु मिलेर आफै नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ । यो निकै सह्रानीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला ।” 

महोत्सवका निर्देशक रंगकर्मी सिर्जना सुब्बाले महोत्सवलाई सबै मिलेर उल्लासमय रुपमा मनाउन आह्वान गर्दै रङ्गमञ्चले पाएको मायाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोभिडले थला परेको रंगमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा हामी खुशी छौं ।”

समुद्घाटनका क्रममा मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकहरुको संग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरु’ पनि विमोचन भएको थियो । महोत्सवको समुदघाटनको नाटक स्वरुप नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिएको थियो । 

त्यस्तै महोत्सवको पहिलो दिन अनिल सुब्बा निर्देशित अर्को नेपाली नाटक ‘बुद्ध र भिकारी पनि मञ्चन भएको छ । पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’पनि सम्पन्न गरेको महोत्सवले साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगितिक कार्यक्रम पनि हुँदैछ । 
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

Organized by
Mandala Theatre Nepal
Strategic Partners
Gowin Production
Encore Media
Diverse Patterns
Accessibilty Partner
British Council Nepal
Supported by
Kathmandu Metropolitan City
Nepal Tourism Board
German Development Coorporation
German Development Coorporation
Civil Peace Project
Venue Partner
Pathshala Foundation
Video Partner
Foto Crystal
Hospitality Partner
Hotel Le Himalaya
Hydration Partner
Jalapa Fresh Drinking Water
Energy Partner
Hunk Energy Drink
Sign Language Partner
Nepal Association of Sign Language Interpreters
Copyright © 2025 All Rights ReservedPrivacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down