नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक सूची र मञ्चन तालिका सार्वजनिक

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव, दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विश्वभरीबाट छनौट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ ।

आउँदो मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनौट भएका २२ नाटकको सूची तथा ती नाटकहरुको मञ्चन तालिका महोत्सवको आधिकारिक वेभसाइट https://nitfest.org/events मार्फत सार्वजनिक भएको हो । मञ्चन तालिका अनुसार ती २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन (शो) हुनेछन् ।

आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।

९ दिन सम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ (नोभेम्बर २५–डिसेम्बर ३) सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । उद्घाटन मंसिर ९ गते दिउँसो १:३० बजे र समापन मंसिर १७ गते साँझ ७:३० बजे हुनेछ ।

महोत्सव निर्देशक सिर्जना सुब्बा भन्नुहुन्छ,

नाटकको सूची र मञ्चन तालिका सार्वजनिक भएसँगै निटफेस्ट दोस्रो संस्करणको महोत्सव निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बाले नाटकहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई कलाप्रेमीहरुले आफ्नो समयको महोत्सव बनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता यस महोत्सव रहेको उल्लेख गर्दै यस कार्यलाई साथ, समर्थन र सहयोगको आह्वान गर्नुभएको छ ।

(यसैसाथ महोत्सवको आवरण र मञ्चन तालिका पनि प्रेशित गरेका छौं)

केदार श्रेष्ठ

महोत्सव सदस्य तथा सञ्चार संयोजक

नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९

9841595956

Organized by
Mandala Theatre Nepal
Strategic Partners
Gowin Production
Encore Media
Diverse Patterns
Accessibilty Partner
British Council Nepal
Supported by
Kathmandu Metropolitan City
Nepal Tourism Board
German Development Coorporation
German Development Coorporation
Civil Peace Project
Venue Partner
Pathshala Foundation
Video Partner
Foto Crystal
Hospitality Partner
Hotel Le Himalaya
Hydration Partner
Jalapa Fresh Drinking Water
Energy Partner
Hunk Energy Drink
Sign Language Partner
Nepal Association of Sign Language Interpreters
Copyright © 2025 All Rights ReservedPrivacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down